एमाले चुनावी सभालाई सम्बोधन गर्न पुर्व गृहमन्त्रीद्वय थापा र अधिकारी मङ्गलबार स्याङ्जा आउने

नेकपा एमालेका उपाध्यक्ष एवम् पुर्व गृहमन्त्रीद्वय राम बहादुर थापा खगराज अधिकारी मंगलबार स्याङ्जाको बिरुवा बजारमा आउने भएका छन्। पार्टीका उपाध्यक्ष एवं पूर्व गृहमन्त्रीद्वय थापा अधिकारी सहितका नेताहरूले चुनावी प्रचारप्रसारतथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

कार्यक्रममा पूर्व मन्त्री तथा एमाले पार्टी सचिव पद्मा कुमारी अर्याल लगायतका शीर्ष नेताहरूले बिरुवा बजारमा आयोजना हुनेआमसभालाई सम्बोधन गर्ने बुझिएको छ ।

Advertisement

पार्टी स्रोतका अनुसार उक्त कार्यक्रम चुनाव लक्षित अभियानअन्तर्गत आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय नेताकार्यकर्ता तथा सर्वसाधारणको  सहभागिता रहने अपेक्षा गरिएको छ।

यस कार्यक्रमले स्याङ्जा जिल्लामा एमालेको चुनावी माहोल थप तात्ने विश्वास एमालेले  गरेको

रास्वपाले चुनावी अभियानमा पार्टी सभापति रवी लामिछानेलाई ल्याएको थियो भने नेपाली काङ्ग्रेसले पार्टी सभापति गगनथापालाई ल्याउने प्रयास गरिरहेको बुझिएको

More News last news
Loading...