बर्दिया १ मा कांग्रेसको पक्षमा जनलहर बढ्दै, ८० वढी युवा कांग्रेसमा प्रवेश

बर्दिया । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदैं जाँदा बर्दियामा नेपाली कांग्रेसको पक्षमा जनलहर देखिएको छ । बर्दियामा विभिन्न पार्टी छाडेर कांग्रेस प्रवेश गर्नेहरुको लर्को लागेको हो । नेकपा एमाले पुर्व नेकपा एमाले बाँके कार्यसमिति सदस्य छविलाल सुवेदी लगायत ८० वढी युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस प्रवेश गरेकालाई नेपाली कांग्रेसको तर्फबाट बर्दिया १ का प्रत्यासी एवं निवर्तमान केन्द्रीय सदस्य सन्जय गौतमले स्वागत गरेका हुन् । नवप्रवेशी युवाहरूले बर्दिया क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सञ्जय कुमार गौतमलाई विजयी गराउने जिम्मेवारी दृढ संकल्पका साथ ग्रहण गरेका छन्।

Advertisement

कार्यक्रममा देखिएको उत्साह, संगठनात्मक अनुशासन र वैचारिक प्रतिबद्धताले लोकतान्त्रिक मूल्य–मान्यताप्रति युवापुस्ताको बढ्दो विश्वास झल्काएको आयोजकहरूको भनाइ छ। युवाहरूको सक्रिय सहभागिताले पार्टीलाई थप सुदृढ बनाउने र भावी राजनीतिक नेतृत्व युवाकै काँधमा सुम्पिनुपर्नेमा बर्दिया क्षेत्र नं. १ का उम्मेदवार गौतमले बताए । उनले बर्दियाली जनताको लागि धेरै गर्नुपर्ने भएको हुँदा आफूलाई अत्याधिक मतले जिताउनका लागि जनताको घर दैलोमा पुगिरहेका छन् ।

नगरस्तरीय भेलाले संगठन विस्तार, युवाशक्ति एकीकरण तथा आगामी निर्वाचन लक्षित रणनीतिमा सकारात्मक सन्देश दिएको सहभागीहरूको धारणा छ। बर्दियामा देखिएको यो ऊर्जा आगामी दिनमा जिल्लास्तरमै प्रभाव पारेको छ।

More News last news
Loading...