स्याङ्जा युथ क्लबको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा थापा सर्वसम्मत

स्याङ्जा युथ क्लब स्याङ्जाको १३ औं वार्षिक साधारण सभा एवम् चौथो अधिवेशन सम्पन्न भएको छ । गत शनिबार स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न अधिवेशनले बाबुराम थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको युथ क्लबका नि वर्तमान उपाध्यक्ष शंकर धितालले जानकारी दिए ।
समितिको वरिष्ठ उपाध्यक्षमा रवि आले, उपाध्यक्ष भरत गन्धर्व, सचिव रमेश पौडेल, सह सचिव अब्दुल अलि र कोषाध्यक्षमा रोमन वि क चयन भएका छन ।

यस्तै, समितिको सदस्यहरुमा निश्चल लम्साल, सुजन गुरुङ, विवेक गौतम, प्रसन्न पाण्डे, कुशल आले, मन्जु गुरुङ ढकाल, लक्ष्मी परियार र कमल अर्याल चयन भएका हुन ।

Advertisement

स्याङ्जा सदरमुकाममा मुख्य कार्य क्षेत्र बनाएको स्याङ्जा युथ क्लबले मुख्यगरि खेलकुदका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ । क्लबले स्याङ्जा सदरमुकाममा रहेका युवाहरुलाई जोडेर एउटा युवा फोर्सका साथ रचनात्मक र सामाजिक कार्य गर्दै आएको छ ।

More News last news
Loading...