एमाले स्याङ्जा १ का उम्मेद्वार गुरुङ्द्वारा सङ्कल्प पत्र सार्वजनिक

नेकपा एमाले स्याङ्जा निर्वाचन क्षेत्र नं का प्रतिनिधिसभा सदस्य उम्मेदवार मिनप्रसाद गुरुङले सङकल्प पत्र सार्वजनिक गरेका छन । उनले आगामी पाँच वर्षका लागि समृद्ध स्याङ्जा जनताको हित नारासहित  पूर्वाधार, सामाजिक विकास, उद्यमशिलता तथा स्थानीय आर्थिक विकास, कषि तथा पशुपंक्षी विकास गरेर चार भागमा ३३ वटा सङ्कल्प गरेका छ्न ।

बुधबार स्याङ्जा सदरमुकाम स्थित एमाले पार्टि कार्यालयमा एक कार्यक्रम गर्दै आगामी पाँच वर्षमा निर्वाचन क्षेत्रभित्रका सबैस्थानीय तहका केन्द्रहरूलाई कालोपत्रे सडक सञ्जालले जोड्ने, वडा केन्द्रसम्म सडक विस्तार गर्ने तथा सिद्धार्थ राजमार्गलाईस्तरोन्नति गरेर स्याङ्जापाल्पारुपन्देही आर्थिक करिडोरका रूपमा विकास गर्ने योजना अघि सारेका छन ।

Advertisement

यस्तै, ज्याग्दी आँधीखोला करिडोरको स्तरोन्नति, नयाँ वैकल्पिक लोकमार्ग विकास, एक घर एक धारा कार्यक्रममार्फतखानेपानी सुविधा विस्तार तथा आवश्यक स्थानमा पक्की झोलुङ्गे पुल निर्माण गर्ने, मालेबगर खेल मैदानलाई उच्चस्तरीयबनाउने प्रत्येक पालिकामा कम्तीमा एक खेल मैदान निर्माण गर्ने सङकल्प गुरुङले गरेका छन ।

उनले निरपेक्ष गरिबी आधाले घटाउने, अति विपन्न परिवारलाई उद्यमशील कार्यक्रममा आबद्ध गर्ने, बेरोजगारी दर घटाउने तथास्वास्थ्य बिमामा शतप्रतिशत सहभागिता सुनिश्चित गर्ने, स्याङ्जा सदरमुकाममा रहेको प्रदेश अस्पताललाई ५० शय्याको पूर्णक्षमतामा सञ्चालन गर्ने, सबै स्थानीय तहका अस्पतालका पूर्वाधार पूरा गर्ने सामुदायिक विद्यालय सुधारका लागि सङ्घीयशिक्षा ऐन संशोधन पहल गर्ने गुरुङले प्रतिबद्दता व्यक्त गरेका छन

यस्तै विद्यालय तहदेखि उद्यमशीलता शिक्षा लागू गर्ने, दलित समुदायका परम्परागत सिप संरक्षण गर्दै आयआर्जनमा जोड्ने, विधवा तथा एकल महिलालाई लक्षित कार्यक्रम सञ्चालन गर्ने युवालाई सिप विकास तालिममार्फत स्वदेशमै रोजगारीसिर्जना गर्ने योजना अघि सङ्कल्प पत्रमा सारिएको

होमस्टेलाई स्तरोन्नति गर्दै अन्तर्राष्ट्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्ने, साहसिक पर्यटनका सम्भावना पहिचान गरीपूर्वाधार विस्तार गर्ने तथा निजी क्षेत्रसँग सहकार्यमा सुन्तला प्रशोधन जडिबुटीजन्य उद्योग स्थापना गर्ने लक्ष्य गुरुङले राखेका छन ।

यस्तै सुन्तला, कफी मसलाबाली क्षेत्र विस्तार, गाईभैंसी जोन विकास, सहकारीमार्फत जग्गा चक्लाबन्दी दुई सय आधुनिकमोडेल कृषि तथा पशुपन्छी फर्म स्थापना गर्ने प्रतिबद्धता सङ्कल्प पत्रमा उल्लेख छ ।

More News last news
Loading...