स्वतन्त्र उम्मेद्वार नेपालीले गरे काङ्ग्रेसका उम्मेदवार ढकाललाई समर्थन

यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा १ मा स्वतन्त्र उम्मेद्वार बनेका मनोज नेपाली दर्जीले नेपालीकाँग्रेस स्याङ्जा १ का उम्मेद्वार भरतराज ढकाललाई समर्थन गरेका छन् आफूले उठाउँदै आएका एजेण्डा ढकालले आत्मसाथगरेको भन्दै परियारले समर्थन गरेका हुन्

स्याङ्जाको आँधीखोला पञ्चमूलमा भएको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम पश्चात भएको कोणसभामा बोल्दै स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका परियारले काँग्रेसका उम्मेद्वार ढकाललाई समर्थन गरेका थिए संघीय संसदमा प्रतिनिधित्व गर्नेसंसदले नीति बनाउने हो, नीति बनाउन ढकाल सक्षम भएको भन्दै उनले काँग्रेसका उम्मेद्वारलाई जिताउन आग्रह समेत गरे

Advertisement

स्याङ्जा १ का काँग्रेस उम्मेद्वार ढकालले आफ्नो निर्वाचन क्षेत्र स्याङ्जा का हरिनाश, बिरुवा, अर्जुनचौपारी, आँधीखोला, भीरकोट, वालिङ पुतलीबजार नगरपालिकाका अधिकांश वडाहरुमा मतदातासँग भेटघाट घरदैलो कार्यक्रम गरेका छन् घरदैलो कार्यक्रममा उम्मेद्वार ढकालले स्थानीयलाई उत्पादनसँगै आत्मनिर्भर, पूर्वाधारको विकासबाटै समृद्धि रोजगारीसृजनाबाट समुन्नत स्याङ्जा निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्

More News last news
Loading...