काठमाडौं । आगामी फागुन २१ गते हुने सङ्घीय निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जाले आफ्ना प्राथमिकता रयोजनासहित संकल्पपत्र सार्वजनिक गरेको छ । कांग्रेसबाट उम्मेदवार रहेका क्षेत्र नं १ बाट भरतराज ढकाल र क्षेत्र नं २ बाटभागवत प्रकाश मल्लले स्याङ्जालाई देशकै नमुना जिल्ला बनाउने अठोटका साथ शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रकालागि योजनाहरू अघि सारेका हुन् ।
सङ्कल्पपत्रमा युवा पुस्ताका भावनालाई सम्बोधन गर्दै सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने प्रतिबद्धताव्यक्त गरिएको छ ।
स्याङ्जाको आर्थिक मेरुदण्ड मानिने सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा सडक) लाई ‘डेडिकेटेड टु–लेन’मा स्तरोन्नति गर्नेकामलाई मुख्य प्राथमिकतामा राखिएको छ । यस्तै ग्रामीण सडकहरूलाई बाह्रै महिना चल्ने गरी कालोपत्रे गर्ने र प्रत्येक वडाकेन्द्र जोड्ने, ‘एक घर, एक धारा’ अन्तर्गत शतप्रतिशत स्वच्छ खानेपानीको सुनिश्चितता गर्ने महत्त्वकाङ्क्षा राखिएको छ ।
पूर्वाधारतर्फ ग्रामीण सडकहरूलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने गरी कालोपत्रे गर्ने, सबै वडा केन्द्र जोड्ने तथा ‘एकघर, एक धारा’ अभियानमार्फत शतप्रतिशत स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
स्याङ्जाको भीरकोटमा रहेको ‘स्वरेकको उडान, स्याङ्जाको पहिचान’ भन्ने नारासहित विश्व प्रसिद्ध प्याराग्लाइडिङ गन्तव्यस्वरेक मैदानलाई अन्तर्राष्ट्रिय प्यारा–प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने सङ्कल्प गरिएको छ । यस्तै फेदीखोला रपुतलीबजारको सिमानामा रहेको नुवाकोट, अर्जुनचौपारीको डहरे देउराली, र पुतलीबजारको सतौँ चण्डीथान जस्ताऐतिहासिक क्षेत्रलाई पर्यटकीय सर्किटमा जोड्ने र ‘होम स्टे’ प्रवर्धन गर्ने योजना रहेको छ ।
बाली नोक्सानीमा क्षतिपूर्ति, बाँदरको वैज्ञानिक व्यवस्थापन तथा स्थानान्तरण, कृषि पेसामा संलग्न कृषकका सन्तानलाईविशेष छात्रवृत्ति र बाँझो जमिन उपयोगमा ल्याउन ‘साझेदारी कृषि प्रणाली’ लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कांग्रेस उम्मेदवारहरूले बीपी कोइरालाको आर्थिक सोचलाई वर्तमान आवश्यकतासँग सन्तुलन गर्दै स्याङ्जालीको जीवनस्तरउकास्ने दृढता व्यक्त गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
