निजामति सेवामा महिला सहभागिता बढाउने उद्देश्यले स्याङ्जामा आइतबारदेखि २० दिने निशुल्क लोकसेवा तयारी कक्षा सुरु गरिएको छ । तयारी कक्षा भौतिक उपस्थिति र अनलाइन गरी दुवै माध्यमबाट सञ्चालन हुनेछ ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाले महिलालाई लक्षित गर्दै सहायक स्तर चौथो तह खरिदार र सोसरहको कक्षा सञ्चालन गर्न सुरु गरेको छ । तयारी कक्षाको औपचारिकरुपमा शुभारम्भ गर्दै जिल्ला समन्वय अधिकारी प्रवीण ढकालले कक्षाको सहिसदुपयोग गर्दै अध्ययनको बानी बढाउन सुझाव दिए ।
‘यहाँ छुट्टयाइएको २० दिन पर्याप्त होइन । यसै कक्षालाई आधार मानेर नियमित अध्ययन गरेमा अवश्य सफल भईन्छ । मेहनत गर्न छाड्नु हुदैँन ।’ उनले भने ‘मलाई पनि यसरी नै निजामति सेवामा प्रवेशको वातावरण मिलेको हो र आज यो स्थानसम्म आइपुगेको हुँ । सरकारी जागिर अर्थात निजामति सेवाबारे पनि ढकालले जानकारी गराए ।
कार्यक्रममा एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले अध्ययनशिल युवाहरुको पहिलो रोजाई निजामति सेवा भएको बताउदै निशुल्क कक्षाबाट धेरै भन्दा धेरै लाभ लिन आग्रह गरे । उनले जिल्ला सदरमुकाम देखी टाढा ग्रामीण क्षेत्रमा रहनुभएका र अपांगता भएका महिलाहरुलाई लक्षित गरी अनलाइन कक्षा पनि सञ्चालन भएको हुदाँ यसको लाभ लिइ स्याङ्जा जिल्लाका महिलाहरु निजामती क्षेत्रमा सधैँ अब्बल रहन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
आइतबार देखि सुरु भएको तयारी कक्षामा ६० सेसन हुनेछ । दैनिक साढे ४ घण्टा पढाउनेगरि जिल्ला र केन्द्रमा बसी आयोग सम्बन्धी अनुभवी प्रशिक्षकद्धारा कक्षा लिईने एकीकृत सेवा कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
