प्रथम खुमा अर्याल कप : सेमिफाइनल समीकरण पूरा, चापाकोट र हरिनाश सेमिफाइनलमा

स्याङ्जाको पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल कप टि ट्वान्टी क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिता २०८२ अन्तर्गत आइतबार भएका खेलमा चापाकोट र हरिमाश विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । योसंगै सेमिफाइनल समिकरण पूरा भएको हो । वालिङ र गल्याङ भने यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका थिए ।

समूह चरणको अन्तिम खेलमा बिरुवा गाउँपालिकालाई २२४ रनको फराकिलो अन्तरले हराउँदै चापाकोट नगरपालिका खेलको सेमिफाइनल प्रवेश गरेको हो भने अर्जुनचौपारी गाउँपालिकालाई रोक्दै हरिनाश सेमिफाइनल प्रवेश गर्यो ।

Advertisement

समुह चरणको अन्तिम खेलमा पहिले ब्याटिङ गरेको चापाकोटले निर्धारित २० ओभरमा ५ विकेटको क्षेतिमा २ सय ४४ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको थियो । चापाकोटका लागि विशाल कोइरालाले अर्धसतक पार गरे । उनले ८ छक्का र ९ चौकाको मद्धतले ३७ बलमा ९७ रन जोडेका थिए । यस्तै अनिश ताम्राकारले ४९, करण पङ्गेनीले ४२ तथा अपरिचित पौडेलले ३५ रन जोडेका थिए । चापाकोटका लागि समीर पङ्गेनीले ४, नारायण भण्डारी, रोहित सिंह दर्जीले समान २/२ विकेट लिए भने प्रशान्त भण्डारीले १ विकेट लिएका थिए । यो खेलको मेन अफ दि म्याच चापाकोटका कप्तान विशाल कोईराला भएका थिए । उनी ३ रनले मात्रै सतक बनाउनबाट चुकेका थिए ।

२ सय ४४ रनको विशाल लक्ष्य पछ्छाएको बिरुवाले निर्धारित २० ओभरको खेलमा १० दशमलव १ ओभरमा अलआउट हुँदै १९ रनमा समेटियो । बिरुवाका कुनै पनि खेलाडिले दोहोरो अंकको रन बनाउन सकेनन । बिरुवाका लागि स्वप्निल लम्सालले ३ र भिम बहादुर गुरुङले २ विकेट लिएका थिए ।

यस्तै, आइतबार बिहान सम्पन्न भएको खेलमा अर्जुनचौपारी गाउँपालिकालाई ८ विकेटले रोक्दै हरिनाश सेमिफाइनलमा प्रवेश गरेको थियो । अर्जुनचौपारीले दिएको ९९ रनको लक्ष्य हरिनाशले १० दशमलब १ बलमा मात्रै २ विकेट गुमाउँदै भेट्टाउन सफल भयो । हरिनाशका लागि दिवश कुवरले २ छक्का र ५ चौका प्रहार गर्दै २१ बलमा ३५ रन दिलाए । यस्तै, मिलन क्षेत्रीले २४ बलमा ३४ रन जोडेका थिए भने फत्तेसिंह थापाले ७ बलमा १४ रन जोडे । हरिनाशका लागि अडिट पौडेल र मिलन क्षेत्रीले समान ३/३ विकेट लिए । कुशल खड्काले २ तथा दिवश कुवर र फत्तेसिंह थापाले समान १/१ विकेट लिएका थिए ।

खेलको सुरुमा ब्याटिङ गरेको अर्जुनचौपारीले निर्धारित २० ओभरको खेलमा १९ दशमलब ४ बल मै अलआउट हुँदै ९८ रन जोडेको थियो । अर्जुनचौपारीका लागि कमल प्रसाद जैसीले ४१ बलमा ३० रन जोडेका थिए भने विपिन विक्रम शाहिले १८ तथा विपिन अधिकारीले १० रन जोडेका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन । अर्जुनचौपारीका लागि विपिन विक्रम शाहिले १ विकेट लिएका थिए । यो खेलमा हरिनाशका मिलन क्षेत्री मेन अफ द म्याच घोषित भए ।
उनले २४ बलमा ३४ रन र ३ विकेट लिएका थिए ।

सोमबार हुने पहिलो सेमिफाइनलमा चापाकोट र गल्याङ एक आपसमा भिड्ने छन भने दोस्रो खेलमा वालिङ र हरिनाश आमनेसामने हुनेछन ।

More News last news
Loading...