रुपान्तरण आवश्यक : संयोजक लम्साल

पुतलीबजार नगरपालिका नगर विज्ञ समितिका संयोजक भरत प्रसाद लम्सालले हरेक क्षेत्रमा सकारात्मक रुपान्तरणको आवश्यकता नै अहिलको मुल आवश्यकता भएको बताए । स्याङ्जाको पुतलीबजार १४ स्थित श्रवण मा वि को ६२ औं वार्षिकोत्सब समारोहका क्रममा बोल्दै स्याङ्जा उच्च मा वि का संस्थापक तथा क्याम्पस प्रमुख समेत रहेका लम्सालले पहिलो रुपान्तरण नै शैक्षिक रुपान्तरण रहेको बताएका हुन ।

उनले शिक्षासंगै आर्थिक, सामाजिक रुपान्तरण पनि वर्तमान नेपालको आवश्यकता रहेको बताए । यिनै रुपान्तरणका लागि नै भदौ २३/२४ मा नव युवाहरुले जेन जि आन्दोलन गरेको समेत उनले बताए । नेपाली काङ्ग्रेस स्याङ्जाका प्रवक्ता समेत रहेका लम्सालले नेपालमा राजनैतिक रुपान्तरण, कार्यशैलिको रुपान्तरण समेत आवश्यक रहेको जिकिर गरे ।

Advertisement

लम्सालले आर्थिक रुपान्तरण कृषी क्षेत्रको परिवर्तन र युग सुहाउँदो यान्त्रिकिकरणले मात्रै सम्भव भएको बताए । लम्साल मुक्तिनाथ विकास बैंकका सञ्चालक समिति सदस्य समेत हुन । उनि जिल्ला भित्र र बाहिर गरि थुप्रै सामाजिक, शैक्षिक संघसंस्थामा रहेर महत्त्वपूर्ण भुमिका निर्वाह गरिसकेका छन ।

More News last news
Loading...