प्रथम खुमा अर्याल कप अन्तर्गत शनिबार भएका खेलमा वालिङ र आधिखोला विजयी

प्रथम खुमा अर्याल कप अन्तर्गत शनिबार सम्पन्न खेलमा वालिङ र आधिखोला विजयी भएका छन । स्याङ्जाको मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल कप टि ट्वान्टी क्रिकेट लिगमा शनिबार भएको दोस्रो तथा समूह चरणको तेस्रो खेलमा कालीगण्डकी गाउँपालिकालाई २२ रनले पराजित गर्दै वालिङ नगरपालिकाले जित दर्ता गराएको हो ।

पहिला ब्याटिङ गरेको वालिङले निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बलमा ९ विकेटको क्षतिमा १३८ रन बनाएको थियो । जसका लागि वालिङका अंकित न्यौपानेले २ छक्का र ४ चौकाको मद्धतले २६ बलमा ४२ रन जोडेका थिए । यस्तै, वालिङका लागि विजय राज लुइटेलले २४, रोसन गौतमले १६, सुजन गौतमले १३ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकको योगफल तयार गर्न सकेनन । १३९ रनको विजयी लक्ष्य पछ्छाएको कालीगण्डकी निर्धारित २० ओभरको खेलमा १० विकेटको क्षतिमा ११६ रनमा सिमित बन्यो । कालीगण्डकीका लागि भुवन भट्टराईले ५० बलमा ४ चौकाको मद्धतले ३५ रन जोडेका थिए ।

Advertisement

यस्तै, खेलमा वालिङका सुदिप अर्यालले सर्वाधिक ४ विकेट लिए भने अंकित न्यौपानेले ३, रोशन गौतमले २ र सुजन गौतमले १ विकेट लिएका थिए । कालीगण्डकीका लागी राजिब थापा बिरहीले ३ विकेट, प्रदिप पान्डेले २ तथा किरण भट्टराई र बिपिन न्यौपानले समान १/१ विकेट लिएका थिए । यो खेलको मेन अफ दि म्याच वालिङका अंकित न्यौपाने बनेका थिए । कालीगण्डकी गाउँपालिका उद्घाटन तथा पहिलो खेलको विजेता टोलि हो ।

यसअघि, शनिबार बिहान सम्पन्न पहिलो तथा समूह चरणको दोस्रो खेलमा भिरकोट नगरपालिकालाई ५ रनले पराजित गर्दै आधिखोला गाउँपालिकाले रोमान्चक जित हात पारेको छ । सुरुवाती ब्याटिङमा उत्रिएको आधिखोलाले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै १५७ रन जोडेको थियो । आधिखोलाका लागि गोविन्द वि क ले सर्वाधिक ४८ रन जोडेका थिए । उनले ३ छक्का र ४ चौकाको मद्धतले २६ बलमा ४८ रन बनाए । यस्तै, आधिखोला कै रिजन काफ्ले नट आउट रहदै ३२ बलमा ३९ रन जोडेका थिए भने इश्वर क्षत्रीले २३ रन जोडेका थिए । आधिखोलाका लागि इश्वर क्षत्रीले सर्वाधिक ४ विकेट लिदा गोविन्द वि क ले २ र रिजन काफ्ले र सागर भुजेलले समान १/१ विकेट लिएका थिए ।

१५८ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको भिरकोटले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय ५२ रन मात्रै जोड्न सक्यो । भिरकोटका लागि साजन गुरुङले ५ छक्का र १ चौकाको मद्धतमा अर्धसतक पार गरे । उनले ४३ बलमा ५४ रन जोडे भने सफल श्रेष्ठले ३३ बलमा ३३ रन जोडेका थिए । खेलमा भिरकोटका लागि दिपेश क्षेत्रीले २ तथा अनुज चनरा, अर्जुन भन्डारी, प्रतीक श्रेष्ठ र साइमन खाणले समान १/१ विकेट लिएका थिए । यो खेलको मेन अफ दि म्याच आधिखोलाका इश्वर क्षत्री बने ।

खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजना, पुतलीबजार नगरपालिकाको सह आयोजना, स्याङ्जा जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा जिल्ला खेलकुद विकास समितिको परामर्शमा माघ २ देखि सुरु भएको यो प्रतियोगिता माघ १४ सम्म चल्नेछ । आज दोस्रो दिनको खेलमा आधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

More News last news
Loading...