स्याङ्जामा मनाइयो ३०४ औं पृथ्वी जयन्ती, विश्व हिन्दु युवा संघ स्याङ्जाद्वारा ३ कार्यक्रम

स्याङ्जामा विविध कार्यक्रम सहित ३०४ औं पृथ्वी जयन्ती एवम् राष्ट्रीय एकता दिवस मनाइएको छ ।आइतबार जिल्लाभरी नै विभिन्न कार्यक्रम सञ्चालन गरि विश्व हिन्दु युवा संघ स्याङ्जाले पृथ्वी जयन्ती तथा एकताको सन्देस दिएको हो ।

पृथ्वी जयन्तीको अवसरमा पुतलीबजार १४ स्थित पाणिनी आश्रम तथा संस्कृत गुरुकुलममा भएको जिल्ला स्तरीय वकृत्वकला प्रतियोगितामा कालिका मा वि का छात्रा कुशुम रेग्मी प्रथम स्थान प्राप्त गरेकी छन । यस्तै, साइन भिलेज इन्टरनेशनल एकेडेमिका छात्रा कृपा गैरेले द्दितिय स्थान प्राप्त गर्दा काजिमान हरिटिका मा वि कि छात्रा ओजस्वी सिग्देल तृतिय भएकी हुन । उनिहरुले क्रमश नगद रु ५ हजार, ३ हजार र २ हजार रुपियाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा जिल्लाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको संघका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।

Advertisement

सफल प्रतियोगिहरुलाई पुरस्कार प्रदान गर्दै स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बुद्दि बहादुर राना (कुमार) ले पृथ्वी नारायण शाहले देखाएको बाटो हामीले बिर्सन नहुने र उहाका दिब्य उपदेशहरु अहिले पनि उस्तै सान्दर्भिक रहेको उहाले बताए । रानाले हाम्रो धर्म सस्कृती जोगाउने काम हामीहरुको हो र जती परिवर्तनशिल भए पनि हामीले बिगत इतिहासलाई बिर्सन नहुनेमा जोड दिए । आश्रम तथा गुरुकुललाई व्यवस्थित बनाउन आफु सधै तयार रहेको कुरा बताउदै उनले विश्व हिन्दु युवा संघ स्याङ्जाले गरेका कामको उच्च प्रशंसा व्यक्त गरे ।

कार्यक्रममा पुतलीबजार नगरपालिकाका शैक्षिक कार्यदलका संयोजक मुक्ति प्रसाद रेग्मी, पत्रकारहरु प्रकाश डोटेल, भवानी अधिकारी, आश्रमका अध्यक्ष चुडामणी शर्मा, सचिव रबिन केसी लगायतका व्यक्तिहरु उपस्थित थिए ।

यसअघि संघले आइतबार बिहान अर्जुनचौपारी गाउँपालिका वडा न १ को कार्यालय अगाडि पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्ने कार्यक्रम गरेको थियो भने दिन भरी तस्विर राखिएको थियो ।यस्तै, आइतबार साझ वालिङ मोडमा विश्व हिन्दु युवा संघको आयोजनामा दिप प्रज्वलन तथा पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गरिएको थियो । सो कार्यक्रम भने ॐकार इभेन्टस हब तथा विश्व हिन्दु युवा संघ स्याङ्जाको संयुक्त रुपमा आयोजना गरिएको थियो ।

More News last news
Loading...