स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका युवा नेता, व्यवसायी एवं समाजसेवी शेषकान्त पुरीले तेस्रो चापाकोट महोत्सव २०८२ का लागि आर्थिक सहयोग गरेका छन् ।
यहि पौष २५ देखि माघ ६ गतेसम्म आयोजना हुने कृषि, सांस्कृतिक, पर्यटन, औद्योगिक व्यापार मेला २०८२ भब्य र सभ्य रुपमा सफल पार्ने उद्देश्यले रु २,५१,००० सहयोग प्रदान गरेका हुन् ।
सहयोग प्रदान गरेका पुरीलाई चापाकोट उद्योग वाणिज्य संघले धन्यवाद व्यक्त गर्दै महत्वपूर्ण सहयोग प्रति उच्च सम्मानसहित कृतज्ञता प्रकट समेत गरेको छ । यसअघि पुरीले आफ्नो पालिकामा हुने विभिन्न सामाजिक कार्यक्रममा आर्थिक सहयोग गर्दै आएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
