स्याङ्जाको पुतलीबजार नगरपालिकाले मेयरसंग विपन्न परिवार नाना, खाना, छाना कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाएको छ ।
नगरले सो कार्यक्रम प्रभावकारी देखिएको र आवश्यकताका आधारमा कार्यक्रम निरन्तर अघि बढाउनुपर्ने देखिएकाले मेयरसंग विपन्नवर्ग कार्यक्रम अघि बढाएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत शुक्रबार पुतलीबजार नगरपालिका वडा न १४ स्थित गन्धर्व टोल बस्ने बेलकुमारी गन्धर्वको परिवारलाई विपन्न शीर्षकबाट १० फुटे ९ वटा रंगीन कर्कट पाता उपलब्ध गराइएको हो । विपन्न गन्धर्व परिवारकी उनलाई नगर प्रमुख रेग्मी सहित वडा जितेन्द्र प्रकाश मल्लले सो सामग्री हस्तान्तरण गरेका हुन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
