मुल धारका सञ्चार माध्यममा न्यु मिडियाको प्रभाव बढ्दो : संविधान सभा सदस्य थापा
एक प्रसङ्गमा मोबाईल फोन तथा न्यु मिडियाका कारण अन्य आम सञ्चार माध्यमहरु विस्थापित हुँदै गएको समेत संविधान सभा सदस्य समेत रहेका थापाको भनाइ छ ।
विघटित प्रतिनिधि सभा सदस्य राजु थापाले स्याङ्जामा आयोजित एक सञ्चार माध्यमको अधिवेशनलाई सम्बोधन गर्दै समुदाय र सामुदायिक सञ्चार माध्यम बिचको सम्बन्ध नजिकको हुनुपर्ने बताए ।
सामुदायिक सञ्चार माध्यमको विकासक्रमबारे स्मरण गर्दै थापाले सामुदायिक सञ्चार माध्यमको भुमिका समुदाय र नागरिकको चेतना अभिवृद्धिमा समेत महत्त्वपूर्ण हुने बताए ।
नेपाली काङ्ग्रेस स्याङ्जाका सभापती समेत रहेका थापाले समयसापेक्ष विकाससंगै सञ्चार माध्यम विकसित भएको र बद्लिदो परिस्थितिलाई मध्यनजर गर्दै आवश्यकता अनुसार नयाँ तथा नविनतम सञ्चार माध्यमको ढाचामा फेरबदल भइरहेको बताए ।
एक प्रसङ्गमा मोबाईल फोन तथा न्यु मिडियाका कारण अन्य आम सञ्चार माध्यमहरु विस्थापित हुँदै गएको समेत संविधान सभा सदस्य समेत रहेका थापाको भनाइ छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सीता कुमारी सुन्दास, जिल्ला स्थित विभिन्न राजनीतिक दल तथा तिनका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
