काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी)मा चन्द्रकुबेर खापुङलाई नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको हो । उनी हाल एआइजीको रूपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुख छन्। अहिले आइजिपी दीपक थापा छन्।
उनी भदौ १८ गते राति १२ बजेदेखि अवकाशमा जाँदैछन्। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाँदैछन्। भ्रमण जानुअघि नै बसेको बैठकले आइजिपी नियुक्त गरेको हो।
प्रधानमन्त्री ओली भदौ १८ गते फर्किनेछन्। त्यसकारण मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भ्रमण अघि नै आइजिपी नियुक्त गर्ने निर्णय गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
