काठमाडौं । छोटो समयमै गायक टंक तिमिल्सिना लोकपप सङ्गीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन् । गायक तिमिल्सिनाका ‘मेरी चम्पा’, ‘मिठो बोलीले’, ‘चल्यो बतास’, ‘जस्ता गीतहरू ‘करोड क्लबमा’ पुगेर छुट्टै पहिचान दिन सफल भए ।
भिडियोसहित टंकले ‘मेरी चम्पा’ गीत २ वर्षअघि आफ्नो नयाँ युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका थिए । यद्यपि गीतले गज्जबै गर्यो, युट्युब एवम् टिकटक दुवैतिर चल्यो । टंक भन्छन्, ‘त्यस गीतले मलाई चिनाउनमा धेरै नै मद्दत गर्यो ।’
‘आमाको माया गाउँको माया’, ‘मुगु रारा तालैमा ’ गीत गाएँ, चल्यो । ‘मैना’, ‘मनमाया ’, ‘चमक चमक लाली जोवन’ गीतहरू पन चल्यो। यी गीतमा टंकको स्वरसँगै सङ्गीत पनि छ । त्यसपछि रेखा जोशीसँग गाएको गीत ‘आमाको माया फिमेल भर्जन’टिकटकमा निकै नै चर्चित बन्यो ।
२०५३ साल असार २६ मा अछामको कुइकामा जन्मिएका टंक तिमल्सिनाले १२ वर्षको कलिलो उमेरमा आफ्नो पिता गुमाउनुपर्यो । त्यसपछि, आमाकै पालनपोषणमा गाउँकै बिद्यामन्दिर उच्च माध्यमिक विद्यालयबाट एसएलसीउत्तीर्ण गरेर बाँकी शिक्षाका लागि उनी २०६७ साल ताका टंक नेपालगञ्ज झरेका थिए। नेपालगञ्जमा रहँदा उनले रेडियो भेरीमा गोधुली साँझ कार्यक्रम चलाए। कुरा हो , २०६८ सालको उनी बाँकी सांगीतिक यात्रा सहज बनाउनका लागि आफ्नो गरिरहेको रेडियो कार्यक्रम छोडेर सपना बुन्ने सोच राखेर राजधानी पसेका थिए।
स्थायी बसोबास काठमाडौँमा भए पनि उनले विदेशका विभिन्न देशसँगै स्वदेशमा पूर्वदेखि पश्चिमसम्मका थुप्रै जिल्लाहरूमा पुगेर हजारौँ स्रोतारदर्शकमाझ साङ्गीतिक प्रस्तुति दिइसकेका छन् । उनले स्वर दिएका गीतहरूको सङ्ख्या भने २०० भन्दा बढी पुगेको छ । मोडलिङ गरेका गीतको सङ्ख्या पनि कयौँ दर्जनभन्दा बढी छन् ।
यतिबेला सार्वजनिक गर्नका लागि पाइपलाइनमा पनि थुप्रै गीतहरू छन् । ‘मेरो आफ्नै युट्युब च्यानलबाट आउने गरी ५ वटा गीत तयार हुँदैछन् । अरु कम्पनीहरूको गीत पनि आउनेवाला छन्,’ उनले भने । प्रतिभा छ र समयलाई बुझेर मेहनत गर्न सके गीतसङ्गीतमा राम्रो आम्दानी हुने गरेको टंकको बुझाइ छ । ‘डिजिटल प्लेट फर्म बढिरहेका छन् । त्योसँगै गीतसङ्गीतमा आम्दानीका स्रोतहरू पनि बढिरहेका छन्,’ उनी भन्छन्, ‘प्रविधि बुझ्न सकियो, त्यहीअनुसार अगाडि बढ्न सकियो भने आम्दानी पनि राम्रो गर्न सकिन्छ भन्ने लाग्छ ।
’चर्चित अरु पनि थुप्रै गीतहरू छन्, जसमध्ये पछिल्लो गीत चाहिँ ‘सबै कुरा सही छ’ हो । ४ महिनाअघि सार्वजनिक भएको यो गीतले साढे छ लाखभन्दा बढी भ्युज पाइसकेको छ युट्युबमा । टिकटकमा हजारौँ भिडियोहरू बनेका छन् ।
टंक गायक मात्र होइनन्, गीत लेख्छन् । भाका बनाउँछन् । गीतको म्युजिक भिडियोमा मोडलिङ समेत गर्छन् । ‘मोडल बन्छु भनेर मोडलिङमा होमिएको चाहिँ होइन है सङ्गीतको विद्यार्थी भएको हुनाले आफ्नो फिल्डमा पर्ने कुराहरू सिक्न मन लाग्दो रहेछ,’ उनी भन्छन्, ‘त्यसले आफैँलाई फाइदा पनि गर्दो रहेछ ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
