स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाका इञ्जिनियर सुदिप बराल सहितका कर्मचारीहरु सम्मानित भएका छन् । नगरपालिकाको १७ औं नगर सभाको अवसरमा बराल सहितका कर्मचारी र अन्य विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
नगरपालिकामा कार्यरत रहँदा दिईएको जिम्मेवारीलाई मर्यादित, अनुशासित र पारदर्शी रुपमा सम्पादन गरेको भन्द्र कार्यपालिका बैठकको सिफारिसमा बराल सहितका कर्मचारी र अन्य क्षेत्रका उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
बराल नगरपालिकाको पूर्वाधार बिकास शाखामा इञ्जिनियर पदमा कार्यरत छन् । उनीसँगै कर्मचारीहरु डोलराज ढकाल, मोनिका गुरुङ, लालुमाया अधिकारी र हरिकेदार श्रेष्ठ लगायतका सम्मानित भए ।

यस्तै स्याङ्जाका युवा पत्रकार पवन मरासिनीलाई पालिकाकले सम्मान गरेको छ । उनी रेडियो स्याङ्जामा कार्यरत छन् । कार्यक्रममा नगरभित्रका उत्कृष्ट कृषक एवं अन्य विविध क्षेत्रका व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित सम्पूर्णलाई नगरप्रमुख तुलसीराम रेग्मी, उपमेयर देवी अर्याल र प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले प्रशंसा पत्र प्रदान गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
