जनप्रतिनिधि गलत कार्यमा नफसाैं, नेताकाे मूल्यांकन उच्चस्तरीय राजनीतिक संयन्त्रबाट गराैं : नेता पाैडेल 

काठमाडौं l नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पाैडेलले तीनै तहका सरकारमा बसेका कांग्रेसका नेताहरूको कार्यसम्पादनको मूल्यांकन उच्चस्तरीय राजनीतिक संयन्त्रले गर्नुपर्ने बताएका छन् ।

शुक्रबारकाे केन्द्रीय समितिकाे बैठकमा नेता पौडेलले सामाजिक सञ्जालमार्फत जनताले सरकारको कामबारे जानकारी लिइरहेको उल्लेख गर्दै मन्त्री, सांसद, मेयर वा अन्य जनप्रतिनिधिलाई बिचौलियाको लहै लहैमा लागेर गलत कार्यमा नफस्न र सजग भएर काम गर्न आग्रह गरे । “सामाजिक सञ्जालले सबै कुरा उजागर गर्छ, त्यसैले पारदर्शी र जिम्मेवार भएर काम गर्नुपर्छ,” उनले भने ।

Advertisement

जनसम्पर्क समिति समन्वय विभागका प्रमुख समेत रहेका पौडेलले नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन अत्यावश्यक रहेको बताएका छन् ।

उनले आगामी २०८३ मंसिरमा हुने १५औँ महाधिवेशनमा सबै जनसम्पर्क समितिहरूको सहभागिता सुनिश्चित गर्न अधिवेशनको आवश्यकता औंल्याए ।

 

पौडेलले विश्वका ३७ देशमा रहेका जनसम्पर्क समितिमध्ये हाल केवल तीनवटाको म्याद बाँकी रहेको र १४औँ महाधिवेशनमा २९ समितिले सहभागिता जनाएको जानकारी दिए ।

More News last news
Loading...