चितवनको राप्तीमा बस र इभी गाडी ठोक्किँदा एक गर्भवतीसहित ७ जनाको मृत्यु

चितवन । चितवनको राप्ती नगरपालिका–४ खहरेपुल स्थित पूर्व–पश्चिम राजमार्गमा बस र इभी गाडी आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।

आज बिहान १०ः१५ बजेको समयमा धनगढीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश१–०१–००१ ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी गाडी आपसमा ठोक्किएका थिए । थप विवरण आउँदै ।

Advertisement

भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा पाँच जना र पुरानो मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो ।

भरतपुरमा मृत्यु हुनेमा मकवानपुर हटिया–३ बस्ने वर्ष ५५ को सोम प्रसाद रुपाखेती, हेटौंडा–५ बस्ने वर्ष ५३ की मैंया कुमारी न्यौपाने पहाडी, हाल नामथर वतन नखुलेको अन्दाजी १९ की महिला, हाल नामथर वतन नखुलेकी अन्दाजी वर्ष २५ की महिला र हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष २३ को पुरुष रहेका छन् ।

पुरानो मेडिकल कलेजमा मृत्यु हुनेमा नामथर वतन नखुलेकी अन्दाजी वर्ष ३५ की गर्भवती महिला र हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष ४० को पुरुष व्यक्ति रहेका छन् ।

More News last news
Loading...