चापाकोट नगरपालिकाले दियो निःशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिकामा संचालित निःशुल्क शिक्षक सेवा आयोग तयारी कक्षाको समापन भएको छ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँण (ईश्वर) ले नगरपालिकाले पहिलो पटक निःशुल्क शिक्षक सेवाको तयारी कक्षा संचालन गरेको र आगामी बर्ष पनि यस्ता कार्यक्रमहरु संचालन गर्ने बताए ।

Advertisement

ईश्वरले निःशुल्क शिक्षक सेवा तयारी कक्षाको सहयोगले बिद्यार्थीको क्षमता बिकास हुने र बाहिर गएर पढ्नु पर्ने बाध्यता हटेको बताए । चापाकोट नगरपालिका नगर उपप्रमुख इशा रानाले निशुल्क शिक्षक सेवा तयारी कक्षामा पुरुष भन्दा महिलाको सहभागिता अधिक रहेकोले आफुलाइ धेरै नै खुशी लागेको बताईन् ।

तालिममा प्रशिक्षकको रूपमा सहजिकरण जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय स्याङ्जामा कार्यरत सुरेश सुवेदी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुर्य प्रसाद शर्मा, शिक्षा शाखा चापाकोटको प्रमुख इन्दु भेटवाल , विनु प्रसाद पराजुली , ढाकाराम भट्टराई लगायतले गरेका थिए ।

जेठ १७ गते देखि संचालित तालिममा ३१ जनाको सहभागिता रहेको थियो भने ३२ वटा कक्षाहरू संचालन भएका थिए ।

More News last news
Loading...