स्याङ्जा । स्याङ्जा राधिका दासी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर आउने भएकी छिन् ।
नेपालकै पहिलो नवग्रह मन्दिर दर्शनका ख्यातिप्राप्त अन्तर्राष्ट्रिय कथा वाचिका माता राधिका दासी जेठ २९ गते बिहिबार अर्जुनचौपारी आउने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोख्रेलले बताए । राधिकादासी बिहिवार उक्त बिहान ८ बजे नवग्रह मन्दिर दर्शनका लागि आउने पोख्रेलले जनाए ।
अर्जुनचौपारी गाउँपालिकाले राधिकादासीको स्वागत र सम्मानका लागि अर्जुनचौपारीबासीलाई उक्त दिन नवग्रह मन्दिरमा उपस्थित हुन आग्रह समेत गरेको छ ।

अर्जुनचौपारीमा अवस्थित नवग्रह मन्दिर अहिले चर्चामा रहेको छ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय भक्तजन र दर्शनार्थी आकर्षण सफल भएको छ। तिथि विशेष र हरेक शनिबार यो मन्दिरमा दर्शनार्थीको घुँइचो लाग्ने गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
