स्याङ्जा । स्याङ्जा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि गल्याङ नगरपालिकाले जितेको छ ।
खेलकुद विकास समिति स्याङ्जाको चापाकोट नगरपालिकामा आयोजित १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण, ६ रजत र ७ काश्य गरी २८ पदकसहित गल्याङ नगरपालिकाले उपाधि जितेको हो । प्रतियोगितामा गल्याङ नगरपालिकाले विभिन्न तौल समुहको कराते तर्फको १२ प्रतियोगितामा १२ संवरण पदक प्राप्त गरेको हो ।
यस्तै गल्याङ नगरपालिकाले छात्र ८०० मिटर दौड,छात्रा १०० मिटर दौड र छात्रा हाइजम्पमा स्वर्ण पदक जितेको थियो । प्रतियोगितामा गल्याङ नगरपालिका बाट सहभागीता जनाउनु हुने सम्पूर्ण खेलाडी र प्रशिक्षक लाई नगरपालिकाले एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
यसैबीच राष्ट्रपति रनिङ शिल्ड को उपाधी जित्ने गल्याङ नगरपालिकाका खेलाडीहरुलाई गल्याङ नगरपालिकाले रु १ लाख सहित सम्मान गरेको हो । त्यस्तै प्रतियोगितामा १२ स्वर्ण, १८ रजत र ११ काश्य पदक सहित चापाकोट नगरपालिका उपविजेता बन्न सफल भयो ।
प्रतियोगितामा स्याङ्जा जिल्लाका विभिन्न पालिकाका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो । जिल्ला स्तरीय खेल जित्ने टिमले गण्डकी प्रदेश स्तरीय खेलमा सहभागी हुन पाउने छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
