काठमाडौं । नेपाली काँग्रेसका नेता एवं व्यवसायी शेषकान्त पुरीले नागार्जुन नगरपालिका वडा नं १ मा रहको मानसेवा आश्रममा खाना खाना खुवाएका छन् ।
पुरीले आफ्ना छोरा सोहन जंग पुरीको जन्मदिनको अवसर पारेर आज बिहान नागार्जुन नगरपालिका वडा नं १ मा रहेको मानसेवा आश्रममा बसोबास गर्ने करिब २ सय वढीलाई बिहानको खाना खुवाएका हुन् ।

पाँचतारे होटलमा गएर लाखौं रकम खर्च गरेर बिलासिताको जीवन बिताउनुभन्दा मानवीय सेवा नै धर्म हो भन्ने वाक्याशंलाई आर्दश मान्दै आफू सामाजिक कार्यमा लागेको र आफ्नो भावी पुस्तालाई पनि समाजसेवा उत्प्रेरित गर्नका लागि छोराको जन्मदिन यसरी मनाएको पुरीले बताए ।

स्याङ्जाको चापाकोट स्थायी घर भएका पुरीले यसअघि पनि जिल्लाका विभिन्न क्षेत्रका सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् । कांग्रेसका युवा नेता समेत रहेका पुरी एक सफल व्यवसायी समेत हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
