तनहुँको मादी नदी जीप दुर्घटना, मृतक तीनै जनाको सनाखत

तनहुँ | पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जीप खस्दा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा व्यास –५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन थापा मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २०/२२ वर्षीय कुशल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

Advertisement

दुर्घटनामा जीप चालक व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन् ।

घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

 

More News last news
Loading...