काठमाडौं । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ के नेपाल अन्तर्गतका काठमाडौ स्काई अध्यक्षमा लायन अर्जुन पाण्डे चयन भएका छन् ।
हालसालै सम्पन्न निर्वाचनबाट पाण्डे निर्बिरोध अध्यक्षमा चयन भएका हुन् । यस्तै प्रथम उपाध्यक्षमा सुवास भण्डारी, सचिवमा प्रशान्त गौतम र कोषाध्यक्षमा बिनोद के.सी निर्वाचित भए ।
क्लवको उक्त शाखाले विद्यार्थीहरुलाई स्कूल डेस र सामान वितरण ,बिभिन्न मन्दिरमा सरसफाई कार्यक्रम, नयाँ बजारमा वृक्षारोपण कार्यक्रम र वृद्धा आश्रममा फुड वितरण लगायतका समाजसेवी कार्यक्रममा सक्रिय रहँदै आएको छ ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले आफ्नो नेतृत्वमा अझ प्रभावकारी काम गर्न पहल गर्ने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
