पोखराको लामेआहालमा विद्युतीय हाइस दुर्घटना, ३ जनाको मृत्यु

पोखरा । पोखरा–३२, लामेआहालमा इलेक्ट्रिक हाइस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० हाइस (इलेक्ट्रिक) लामेआहालमा दिउँसो ३ बजेर ३० मिनेटमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा २५, हेमजा निवासीकी ५१ वर्षीया झाङमाया गुरुङ, धादिङको ज्वालामुखी गाउँपालिका वडा ५, खरी बस्ने ४५ वर्षीया तीलकुमारी आचार्य र धादिङकै नीलकण्ठ नगरपालिका वडा २, भुलभुले बस्ने १५ वर्षीय आगम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

Advertisement

दुर्घटनामा चालकसहित ११ जना यात्रु घाइते भएका थिए । तीमध्ये ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र बाँकीलाई लेखनाथकै पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएका गम्भीर घाइतेमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनायो ।

गाडी सडकदेखि अन्दाजी ३५/४० मिटर तल बारीमा खसेको छ । तीव्र गतिमा रहेको उक्त गाडी चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धान छ । यस्तै, बुधबार दिउँसो पोखरा–२२, पुम्दीमा माइक्रोबस दुर्घटना भएको थियो । भारतीय पर्यटक चढेको ग १ ख ३८८६ नम्बरको बस दुर्घटनामा ५ जना गम्भीर घाइते भए ।

More News last news
Loading...