काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा इन्स्ट्राग्राममा कुरा भएका ‘केटी साथी’लाई भेट्न जाँदा दुई जना युवक लुटिएका छन् । वैशाख २६ मा अमेरिकाको भिसा लागेर बसेका एक जना युवक र उनका साथी कलङ्कीस्थित मेन्स होटलमा लुटिएका हुन् ।
गिरोहले उनीहरूलाई दुई जना महिला प्रयोग गरेर ‘हनीट्रयाप’मा पारेर लुटपाट गरेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गिरोहका सदस्यहरूले उनीहरूबाट ३ लाख ६३ हजार लुटेर हिँडेका हुन् । लुटमा संलग्न आरोपमा ८ जना पक्राउ परेका छन् ।
को को परे पक्राउ ?
पक्राउ पर्नेमा नवलपरासीको देवचुली घर भएका सन्दीप परियार, चितवनको भरतपुर घर भएका २५ वर्षीय सन्दीप बिक, २५ वर्षीय अतीत क्षेत्री, २२ वर्षीय बादल तामाङ, गैँडाकोट घर भएका अनीश केसी, चितवनकै विवेक मल्ल ठकुरी, लमजुङ घर भएकी सक्रिया खनिया र सुनसरी घर भएर कपन बस्ने कविता राई छन् ।
इन्स्ट्राग्रामले गरायो भेट
टोखामा बस्दै आएका १८ वर्षीया सक्रियाले इन्स्ट्राग्राममा एक जना युवकलाई साथी बनाउँछिन् र कुरा गर्न थाल्छिन् । करिब डेढ महिनापछि भेट्न बोलाउँदै भन्छिन्, ‘कलङ्कीमा भेटौँ न ।’ युवक राजी हुन्छन् । सक्रियाले थप्छिन्, ‘म एक्लै आउँदिन कविता भन्ने मेरो एक जना साथी छ, उसलाई पनि लिएर आउँछु ।’ त्यसपछि युवक पनि अर्का साथी लिएर कलङ्की स्थित होटल मेन्समा पुग्छन् ।
होटल मेन्समा पुगेको केही बेरामा बाहिरबाट आवाज आयो, ‘हामी प्रहरी हौँ, ढोका खोल् ।’ ढोका खोलेपछि ४ जना पुरुषले दुई युवकको साथमा भएको मोबाइल र पैसा टेबलमा राख्न लगाए । जोगिने भए आफूसँग भएको रकम दिन उनीहरूले आग्रह गरेर । अनलाइनमार्फत खाता चेक गरेर ३ लाख नगद ट्रान्सफर गरेर । अनि, ६३ हजार नगद हातमा लिएपछि भने, ‘कतै हल्ला गर्ने होइन ।’ कोठाबाट ओर्लिएपछि महिलाहरू पनि आपसमा अङ्कमाल गरेर निस्किए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
