नवलपरासीमा मोटरसाइकलले लियो दाजुभाइको ज्यान, काभ्रेमा टिपर चालकको मृत्यु

नवलपरासी । नवलपरासी बर्दघाट–सुस्ता पूर्वकाे कावासोती नगरपालिका—१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको ज्यान गएको छ ।

भित्रि सडकखण्डको जङ्गल क्षेत्रमा लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा रहेका कावासोती नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार हिजो भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

काभ्रेमा टिपर चालकको मृत्यु

यसैगरी, मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ‘टिपर’ उकालोमा ‘ब्याक’ भई अनियन्त्रित हुँदा करिब एक सय मिटर तल खसेको थियो ।

उक्त दुर्घटनामा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।

यसअघि गत चैत ३१ गते पनि मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउन्डभित्र बालुवा झार्ने क्रममा बा२क ३४६४ नम्बरको टिपर डिलबाट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ३१ वर्षीय चालक विनोद घोरासैनीको च्यापिएर मृत्यु भएको थियो ।

More News last news
Loading...