पाकिस्तानमा रहेका नेपाली विद्यार्थीका लागि परराष्ट्र मन्त्रालयको एड्भाइजरी

काठमाण्डौ । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीका लागि एड्भाइजरी जारी गरेको छ। भारत र पाकिस्तानबीच बढ्दो तनावको कारण पाकिस्तानमा रहेका नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने भन्दै मन्त्रालयले आज एड्भाइजरी जारी गरेको हो।

मन्त्रालयले हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा रहेका नेपाली विद्यार्थी एवम् अन्य नेपालीको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ । तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावक, आफन्त र नेपालीले इस्लामावादमा रहेको नेपाली राजदूतावासको तृतीय सचिव वृन्दा सुबेदी खड्का र आर्सलान मेहमुदको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न भनिएको छ।

Advertisement

गएको वैशाख ९ मा जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच अहिले आक्रमणका शृङ्खला भइरहेका छन् । आतङ्कवादी आक्रमणबाट एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।

More News last news
Loading...