काठमाडौं । पोखराको फेवातालमा हावाहुरीका कारण एउटा डुंगा (बोट) पल्टिएको छ ।
सशस्त्र प्रहरीका अनुसार कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा हावाहुरीका कारण स्टयान्डिङ डबल प्याडल भएको पर्यटक सवार डुंगा पल्टिएको हो ।
बोटिङ गरिरहेको अवस्थामा एक्कासि हावाहुरी आउँदा फेवातालको बीच भागमा उक्त डुंगा पल्टिएको सशस्त्र प्रहरीले जनाएको छ ।
डुंगामा भारत घर बताउने २५ वर्षीया सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रवीण दीक्षित, २४ वर्षीय श्याम प्रजापति र पोखराको गुरुङ गाउँ बस्ने नेन्दबहादुर गुरुङ सवार थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
