जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता, कार्यकारी अध्यक्षमा राउत

काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिच आज एकता घोषणा हुने भएको छ । दुवै पार्टी एकताका लागि करिब दुई वर्षदेखि प्रयासरत थिए । यसअघि दुई पार्टीका बिचमा कार्यगत एकताका लागि मोर्चा समेत बनेको थियो।

अन्ततः दुवै पार्टीको बिचमा एकता हुने निश्चित भएको हो। नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा राउत रहनेछन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ।

Advertisement

पार्टीको नाम नागरिक जनमत पार्टी रहनेछ । केन्द्रीय सदस्यहरू आधा–आधा राख्ने सहमति भएको बताइएको छ । पार्टी एकता भएपछि सङ्घीय संसदमा नागरिक जनमत पार्टीको १० सिट हुनेछ । हाल जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ।

More News last news
Loading...