अर्जुनचौपारी गाउँपालिका अध्यक्ष तिवारीसहित १८ जनालाई उत्कृष्ट नेतृत्व सम्मान

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी उत्कृष्ट नेतृत्व सम्मान २०८२ बाट सम्मानित भएका छन् ।

नयाँ बर्ष २०८२ को अवसरमा आज स्याङ्जामा थिङ्क थ्याङ्क संस्थाले आयोजना गरेको कार्यक्रममा पालिका अध्यक्ष तिवारीलाई सम्मान गरिएको हो ।

Advertisement

तिवारीले जनप्रतिनिधिको रुपमा विभिन्न रुपान्तरणकारी पहलद्धारा शिक्षा, पर्यटन तथा सामाजिक पूर्वाधार निर्माणमा उदाहरणीय कार्य गरेको भन्दै उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

उनी स्याङ्जाका जनप्रतिनिधिहरुमध्ये उत्कृष्ट घोषित हुँदैं सम्मानित भएका हुन् । तिवारीले आफूले नेतृत्व गरेको पालिकामा उदाहरणीय कार्य गरेर यसअघि पनि विभिन्न सम्मानित भईसकेका छन् ।

तिवारीसँगै नेपाल सरकारका उपसचिव माधव प्रसाद लम्साल, पूर्व सिईओ तथा मुक्तिनाथ कृषि कम्पनीका निर्देशक भरतराज ढकाल, गरिमा बिकास बैंकका सिईओ माधव प्रसाद लम्साल, पर्यटन व्यवसायी एवं साहसिक पर्यटनका लगानीकर्ता राजु कार्की, पत्रकार राजेन्द्र प्रसाद पाण्डे, कृषि उद्यमी बोधराज अर्याल, धर्मगुरु चैतन्य कृष्ण र सुर्योदय क्लवका अध्यक्ष अनन्त कुमार श्रेष्ठ लगायतका स्याङ्जालीहरु सम्मानित भए ।

More News last news
Loading...