तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका दुलेगौडामा लियो मिनी म्याराथनको आयोजना हुने भएको छ ।
लियो क्लब अफ खैरेनीटार दुलेगौडा मन्त्रले यहि २०८२ सालको बैशाख ६ गते मिनि म्याराथनको आयोजना गरिएको क्लवकी अध्यक्ष प्रमिला सिग्देलले जानकारी दिईन् ।
सिग्देलका अनुसार बिहान ७ बजे शुक्लागण्डकी नगरपालिका गेटबाट म्याराथन शुरु भएर कालिका मन्दिर, बन्केवामा गएर सक्किने छ । ६ किमी दुरी रहेको म्याराथनको पुरुष र महिलाका लागि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको छ।
पुरुपतर्फ क्रमशः प्रथमलाई १० हजार, दितियलाइ ६ हजार, तृतीयलाई ४ हजार र महिलातर्फ प्रथमलाई ३ हजार र दितीयलाई १ हजार पुरस्कार प्रदान गरिनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
