काठमाडौँ । होली पर्वको अवसर पारेर“केटिएम डाउनटाउनको” म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक तथा गीतकार नेप्जले पहिलो सांगेतिक कोशेली स्वरूप पहिलो म्युजिक भिडियो सार्बजनिक गरेका हुन् ।
यो म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल करिश्मा श्रेष्ठलाई देख्न सकिन्छ, जसले नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी छिन् । दिनेश म्याङ्गवोको कोरियोग्राफ रहेको भिडियोलाई विशाल शर्माले निर्देशन गरेका हुन् भने सम्पादन सुनिल शिवभक्तिले गरेका हुन् ।
‘“केटिएम डाउनटाउन” म्युजिक भिडियोको अडियो तथा संगीत उत्पादन नेपासा स्टुडियोमा गरिएको हो। काठमाडौंको रोमान्टिक परिवेशलाई पर्दामा जीवन्त बनाउने लक्ष्यसहित निर्माण गरिएको ‘“केटिएम डाउनटाउन” म्युजिक भिडियो होली पर्वको अवसर पारेर सार्वजनिक गरिएको छ।
यस म्युजिक भिडियोले NEPZ को सांगीतिक यात्रामा नयाँ मोड त पक्कै आउला, काठमाडौंको जीवन्त सडकहरूमा प्रेम र रोमान्सको उत्सव मनाउने संदेशसमेत दिनेछ। गीतको भिडियो नेप्जको यूट्युब च्यानल NepZ मा हेर्न सकिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
