अब फेसबुक लाइभ भिडियोहरू ३० दिनपछि मेटिने

काठमाडौँ । फेसबुकमा लाइभ गरिएका भिडियोहरू अब ३० दिनपछि मेटिने भएको छ । फेसबुक सञ्चालक संस्था मेटाले फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित नरहने घोषणा गरेको हो । यसअघि यस्ता भिडियोहरू अनिश्चित कालसम्म भण्डारण हुन्थ्यो ।

मेटाका अनुसार कुनै पनि भिडियो मेट्नुअघि प्रयोगकर्तालाई यसबारे जानकारी प्राप्त हुनेछ । सूचना पाएपछि प्रयोगकर्ताले ६ महिनासम्म थप समय माग्न वा तत्काल यसलाई डाउनलोड गर्ने, क्लाउड स्टोरेजमा सार्ने वा नयाँ रिलमा परिवर्तन गर्ने जस्ता विकल्प रोज्न सक्नेछन्।

Advertisement

फेसबुकमा लाइभ गरिएका भिडियोहरूमा शुरुवाती केही हप्तापछि भ्यूज नआउने अर्थात नहेरिने भएपछि यस्तो निर्णय गरिएको मेटाले जनाएको छ । फेसबुकले पुराना लाइभ भिडिओहरू सुरक्षित राख्न नयाँ डाउनलोड टुलहरू पनि सार्वजनिक गरेको छ।

प्रयोगकर्ताले ‘डाउनलोड लाइभ भिडिओज’ अप्सन प्रयोग गरेर आफ्ना पुराना भिडिओहरू एकैपटक डाउनलोड गर्न सक्नेछन् । ‘ट्रान्सफर लाइभ भिडिओ’ मा क्लिक गरेर ड्रपबक्स वा गुगल ड्राइभ जस्ता क्लाउड स्टोरेजमा पनि भिडिओहरू राख्न सकिने छ ।

More News last news
Loading...