बालबालिका भर्नादर ९९.९ प्रतिशत, सरकारीमा ६ लाख ४४ हजार, निजीमा ५ लाख ४२

काठमाडौं । चार वर्षमुनिका बालबालिकालाई एकवर्षीय प्रारम्भिक बालशिक्षा तथा विकासअन्तर्गत भर्ना गर्न सुझाव दिइएको छ । यसअघि पूर्वप्राथमिक तह भनेर नामकरण गरिएको थियो । नाम परिवर्तन गरी ४ वर्ष अर्थात् ४८ महिना लागेका बालबालिकालाई एकवर्ष भर्ना गरी बाँकी प्राथमिक तहमा भर्ना गर्न सुझावसमेत दिइएको छ ।

शैक्षिक तथ्याङ्क २०८१ अनुसार देशभर सामुदायिक विद्यालयमा आबद्ध भएर कुल ३३ हजार २ सय २४ विद्यालयहरूमा प्रारम्भिक बालविकास र पूर्वप्राथमिक शिक्षा सञ्चालनमा छन् । त्यसै गरी ६ हजार ८ सय ९४ संस्थागत विद्यालहरूले प्रारम्भिक बालविकास तथा शिक्षा/पूर्वप्राथमिक शिक्षा सञ्चालन गरिरहेका छन् । प्रारम्भिक बालविकास तथा पूर्वप्राथमिक शिक्षा सञ्चालन गर्ने परम्परागत विद्यालयको सङ्ख्या या ५ सय ३८ छ ।

Advertisement

बालबालिकाको सहभागिताको दृष्टिकोणले १२ लाख ८ हजार ४ सय २५ बालबालिका प्रारम्भिक बाल विकास तथा पूर्वप्राथमिक शिक्षाका लागि भर्ना भएका छन् । तीमध्ये ६ लाख ४४ हजार ९ सय ३७ अर्थात ५३ दशमला ३७ प्रतिशत सामुदायिक विद्यालयमा छन् । भने ५ लाख ४२ हजार, ८ सय ८१ अर्थात ४४ दशमलव ९२ प्रतिशत संस्थागत विद्यालयमा रहेका छन् । यस तहमा देखिने भर्नादर ९९ दशमलव ९ र प्रारम्भिक बालविकास तथा शिक्षा र पूर्वप्राथमिक शिक्षाको अनुभवसहित ७६ दशमलव ९ प्रतिशत रहेको छ ।

More News last news
Loading...