कार्यसम्पादनमा गण्डकीकै सर्वोत्कृष्ट कालिगण्डकी, हिमाली जिल्लामा नार्पाभूमि उत्कृष्ट

पोखरा । कार्यसम्पादन मूल्यांकनको आधारमा स्याङ्जाको कालिगण्डकी गाउँपालिका गण्डकी प्रदेशकै सर्वोत्कृष्ट भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार कालिगण्डकीले ७८.२ अंक प्राप्त गर्दै सर्वोत्कृष्ट बनेको हो। आन्तरिक आम्दानीको प्राप्ति, विभाज्य कोषमा दाखिला भएको रकम, विनियोजन अनुसारको खर्च बजेट, बेरुजु, आवधिक योजना निर्माणको अवस्था, शैक्षिक र स्वास्थ्य गतिविधि लगायत मूल्यांकन गरेर नतिजा निकालिएको हो।

गण्डकीका १४ वटा पालिकाले ७० अंक पार गरेका छन् । स्याङ्जाकै आँधिखोला गाउँपालिकाले ७८ अंक पाएको छ भने फेदीखोलाले ७७.९ अंक प्राप्त गरेको छ । लमजुङको बेंसीशहर नगरपालिकाले ७४.७, स्याङ्जाको विरुवा गाउँपालिकाले ७४.३, वालिङ नगरपालिकाले ७३.७, पर्वतको महाशिला गाउँपालिकाले ७३।६, नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले ७३.२ अंक पाएको छ ।

Advertisement

हिमाली जिल्लाहरुमा मनाङको नार्पाभूमि गाउँपालिका सबैभन्दा उत्कृष्ट बनेको छ । नार्पाभूमिले समग्रमा ७३ अंक पाएको हो । यता स्याङ्जाकै पुतलीबजारले ७१.५, नवलपुरको देवचुली नगरपालिकाले ७१.४, तनहुँको भानु नगरपालिकाले पनि ७१.४ अंक पाएको छ भने नवलपुरको गैँडाकोटले ७०.९ र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले ७०.८ नम्बर ल्याएको छ । गण्डकी प्रदेशमा म्याग्दीको धवलागिरि गाउँपालिकाले सबैभन्दा कम ४०.९ अंक पाएको छ ।

कार्यसम्पादन मूल्यांकनमा महानगरपालिका तर्फ भरतपुरले सर्वाधिक ७६.२ अंक पाएको छ । पोखरा महानगरपालिकाले भने जम्मा ५१.५ अंक प्राप्त गर्दै महानगरको सूचीमा दोस्रो कमजोर पालिका बनेको छ ।

More News last news
Loading...