काठमाडौं । युनियन एजुकेशनले एसईई परीक्षालाई लक्षित गरेर निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
देशभरका एसईई तयारी गरिरहेका विद्यार्थीहरूका लागि फागुन १ गतेदेखि चैत ३ गतेसम्म हरेक दिन साँझ ७ बजेदेखि १० बजेसम्म कक्षा सञ्चालन गरिने युनियन एजुकेशनका सञ्चालक रमेश बाबु भट्टराईले बताए । सेवामूलक कार्य अन्तर्गत विद्यार्थीहरूलाई अङ्ग्रेजी, विज्ञान र गणितका कक्षाहरू निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको उनले बताए ।
तयारी कक्षा जुमबाट र युनियन एजुकेशनको फेसबुक पेजबाट लाइभ कक्षाहरू सञ्चालन गरिने छ । साथै गणित शिक्षक भरत पोख्रेल, विज्ञान शिक्षक सुदिप आचार्य र अङ्ग्रेजी शिक्षक भट्टराईले कक्षा लिने छन् ।
युनियन एजुकेशनले शिक्षक सेवा आयोगका गुणस्तरीय कक्षा समेत दिदैं आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
