लामिछाने चितवनबाट ५४ लाख धरौटीमा रिहा ‘परिवर्तनको लडाईं पूरा गरेरै छोड्छु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनबाट परिवर्तनको लडाईं सुरु भएकाले पूरा गरेरै छोड्ने बताएका छन् ।

बिहीबार चितवन जिल्ला अदालतले ५४ लाख धरौटीमा रिहा गरेसँगै अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले मुलुकको परिवर्तन गरेरै छोड्ने संकल्पसहित आफू अघि बढेको बताए ।

Advertisement

उनले चितवन देवभूमि भएकाले चितवनवासीहरु पनि देतता जस्तै रहेको बताए । लामिछानेले चितवनवासीले आफ्नो न्यायका लागि लसाथ दिएको भन्दै चितवनले परिवर्तन जन्माउन खोजेको कुरालाई देशभर नै परिवर्तन गरेर देखाउने बताए ।

उनले जालझेल पूर्ण ढंगले आफ्नो सांसद पदलाई निलम्वन गरिएकोप्रति आपत्ति जनाए । लामिछानेले परिवर्तनको लडाईं अझै बाँकी रहेको बताए ।

More News last news
Loading...