रुपाताल संरक्षण परियोजना निर्माणमा जोड

लेखनाथ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले रुपाताल संरक्षण परियोजना निर्माणलाई तीव्र पार्नुपर्नेमा जोड दिएका छन् । पोखरा–३२ का भद्रबहादुर सुयाल थापाको पाँचौं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले सो कुरामा जोड दिएका हुन् । पोखरा महानगरपालिकाअन्तर्गत तेस्रो ठूलो ताल रुपाताल संरक्षण परियोजनाको निर्माण यतिखेर जारी छ ।

२०७३ सालबाट सुरु भएको रुपाताल परियोजनाको कार्य छिटो सम्पन्न गर्न आग्रह गर्दै मन्त्री खड्काले हाल परियोजना निर्माण भइरहेको र केही जग्गा अधिग्रहणको प्रक्रिया गइसकेकाले निर्माणमा तीव्र पार्नुपर्ने बताएका हुन् । परियोजनाले विगत वर्षदेखि बाँध निर्माण थालेको बताउँदै थप जनशक्ति थपेर निर्माण समयमै सम्पन्न गर्न आग्रह गरे ।

Advertisement

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ऐतिहासिक महत्व ध्यानमा राख्दै काम निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले परियोजनाका लागि रोक्का अन्य जग्गा फुकुवा गर्न आग्रह गर्दै ताल संरक्षणले तालको क्षेत्रफल १२२ हेक्टरबाट १९३ हेक्टमा बिस्तार हुने बताए ।

काँग्रेस सहमहामन्त्री जीवन परियारले परियोजना प्रभावितलाई जग्गाको बढेको बजार मूल्य अनुसार नयाँ दररेट कायम गरी मुआब्जा दिन आग्रह गर्दै परियोजनाका लागि ११०० रोपनी अधिग्रहण गर्ने लक्ष्य राखिएकोमा हालसम्म ९०० रोपनीमात्र अधिग्रहण भएको बताए ।

२०७४ सालमा रोक्का भई अधिग्रहण परेबाहेकको जग्गा हालसम्म फुकुवा भएको छैन । जिल्ला प्रशासन कार्यालय, कास्कीले साविकको रुपाकोट ५ र ९, भिरचोक ४, ७ र ९, बेगनास १, २ र ४, सिसुवा ६ र ७ स्याक्लुङ–४ हाल रुपा गाउँपालिका ६ र पोखरा महानगरपालिका ३१ आसपासका जग्गा बाँधको लागि अधिग्रहण गरेको छ ।

डुबान क्षेत्र अन्तर्गत पर्ने १ हजार ४ सय ७७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने तथ्यांक छ । त्यसमध्ये ९ सय ९५ रोपनीको मुआब्जा दिनुपर्ने र अरु सरकारी तथा सार्वजनिक जग्गा रहेको परियोजनाले जनाएको छ । परियोजना अन्तर्गत तालको दक्षिणतर्फ ५७५ मिटर लम्बाइको बाँध निर्माणाधीन छ ।

More News last news
Loading...