कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्‌मा संरक्षक, सल्लाहकार र संयोजक चयन

काठमाडौँ । कास्की आदर्श समाजअन्तर्राष्ट्रिय समन्वय परिषद्‌को संरक्षक ६ जना चयन भएका छन् । समाजको दोस्रो बैठकले आगामी २०२४–२०२६ का लागि विश्वका विभिन्न देशबाट ६ जना संरक्षक चयन भएका हुन् । परिषद्‌ को सम्पन्न दोस्रो बैठकले आगामी २०२४-२०२६ का लागि विश्वका विभिन्न देशबाट संरक्षक, सल्लाहकार र विभिन्न विभागीय उपसमिति गठन गठन गरेको हो ।

अमेरिकाबाट विश्वराज बास्तोला, कतारबाट विमल सुवेदी, नेपालबाट तिलकशाली शापकोटा, स्पेनबाट केदार ढुँगाना, जापानबाट शिव प्रसाद पौडेल र बेल्जियमबाट दुर्गाप्रसाद सुवेदी चयन भएका हुन्।

Advertisement

परिसदको सरक्षक संयोजकमा भने यस अगाडि नै निवर्तमान अध्यक्ष सीता बराललाई चयन गरेको थियो l

कानुनी सल्लाहकारमा परिषद्को कानुनी सल्लाहकारको रूपमा वरिष्ठ अधिवक्ता श्री कृष्ण तिमिल्सिना (पश्चिमाञ्चल ल फर्म) र परिषद्को प्रवक्तामा रमेश खतिवडा (क्यानडा) चयन भएका छन् । परिषद्का अन्य पदाधिकारीहरूमा निम्न सदस्यहरू चयन भएका छन् । सचिवमा श्रीमती पूजा शाह (नेपाल), युवा संयोजकमा सबिन पौडेल (पोर्चुगल), चयन भएका छन् भने सदस्यहरुमा रहेका छन् । केन्द्रीय सदस्यहरूमा प्रकाश विश्वकर्मा (कतार),  श्रीमती गंगा देवी शर्मा (स्पेन), अर्जुन भण्डारी (पोर्चुगल) चयन भएका छन् ।

२० जना सल्लाहकार चयन

यसैगरी, सल्लाहकारहरुमा निरज थापा (नेपाल), रामचन्द्र अधिकारी (अमेरिका), श्रीमती अमृता (कञ्चन) थापा (चीन), गुप्त शेखर पौडेल (यूएई), गोविन्दराज पहारी (नेपाल), मनोज कुमार सैंजु (यूएई), विकास श्रेष्ठ (जापान), भूवानी प्रसाद तिमिल्सिना (यूएई), टेक गुरुङ (अमेरिका), गणेशराज पहारी (नेपाल), सन्तोष पहारी (अमेरिका), श्रीमती प्रकाशला श्रेष्ठ (नेपाल), हेमराज बराल (अमेरिका), कृष्ण गिरि (डेनमार्क), देवेन्द्र कुँवर (यूके), बल बहादुर कार्की (स्पेन), पुष्प केसी (स्पेन), डा. रमिल अधिकारी (न्युजिल्याण्ड), डिल्लीराम भण्डारी (बेल्जियम), डा. मुकुण्द वास्तोला (यूके) छन् ।

विभिन्न विभागीय उपसमिति गठन 

परराष्ट्र मन्त्रालयमा संस्था दर्ता तथा भवन निर्माण संयोजकमा अध्यक्ष शिव वानिया,  वेबसाइट निर्माण संयोजक: उपाध्यक्ष डा. प्रदीप अधिकारी, उपसंयोजकमा क्षेत्रीय संयोजक नविन पौडेल, परिचयपत्र निर्माण संयोजकमा उपाध्यक्ष सन्तोष तिमिल्सिना, उपसंयोजक महासचिव केदार कुँवर,  महिलाहरूको शिप विकास तालिम संयोजक उपाध्यक्ष शान्ति देवी अधिकारी, उपाध्यक्षमा पूजा गिरी, शैक्षिक अक्षयकोष सञ्चालन उपसमिति संयोजक वरिष्ठ उपाध्यक्ष विशाल ढुंगाना,  विश्व सम्मेलन संयोजकमा उपाध्यक्ष विकास शाही, महासचिव केदार कुँवर रहेका छन् ।

संस्था विस्तार तथा सदस्यता विस्तार संयोजकमा उपाध्यक्ष सन्तोष तिमिल्सिना, उपमहासचिव इन्द्रकमल राजभाट, सचिवहरू राजेश सुवेदी र मोहनराज गौतम, तथा सबै क्षेत्रीय संयोजकहरू रहने छन् भने आपतकालिन राहत कोष संयोजकमा प्रमुख संरक्षक श्रीमती सीता देवी वास्तोला बरालस कोषाध्यक्षस् विकास अधिकारीस सम्पूर्ण पदेन सदस्य (राष्ट्रिय समिति अध्यक्ष) हरू उपसमिति सदस्य रहनेछन्।

More News last news
Loading...