घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले घटेर एक लाख ६० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ ले घटेर रू एक हजार आठ सय ५० तोकिएकोे छ।

Advertisement

चाँदी अघिल्लो दिन प्रतितोला रू एक हजार आठ सय ६५ मा किनबेच भएको थियो। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार सात सय ५६ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ।

More News last news
Loading...