बाँदर र बँदेललाई कृषि हानिकार वन्यजन्तु घोषणा

काठमाण्डौ । सरकारले जङ्गली रातो बाँदर र बँदेललाई एक वर्षको लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ। यो घोषणापछि अब खेतबारीमा पस्ने रातो बाँदर र बँदेललाई धपाउन, लखेट्न र समात्न औपचारिक रुपमा कानूनी बाटो खुलेको छ। यसरी बाँदर र बँदेल धपाउँदा र लखेट्दा मरेमा किसानलाई कानूनी कारबाही हुनेछैन। तर नियतवश भने मार्न पाइँदैन।

वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ अनुसार निजी खेत, खला, बारीमा आउने जङ्गली रातो बाँदर र बँदेललाई राजपत्रमा सूचना प्रकाशित भएको मितिले १ वर्षसम्मको लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो।

Advertisement

मन्त्रालयले गएको बिहिवार जारी गरेको राजपत्रअनुसार निजी खेत, खला, बारीमा प्रवेश गरी क्षति पुर्‍याउने जङ्गली रातो बाँदर बँदेललाई सरकारले तोकेको शर्तअनुसार अनुज्ञापत्र वेगर धपाउन, लखेटन र समात्न सकिनेछ। तर नियतवश भने जङ्गली रातो बाँदर र बँदेललाई भने मार्न नपाइने व्यवस्था सरकारले गरेको छ। खेतवारीमा जङ्गली रातो बाँदर र बँदेलले पुर्‍याइरहेको क्षतिलाई रोक्न सरकारले यस्तो व्यवस्था गरेको हो ।

More News last news
Loading...