१ करोड धरौटी बुझाएपछि रवि लामिछाने ‘अहिलेलाई भन्नुपर्ने केही छैन’

काठमाडाैं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायालयप्रति आभार व्यक्त गरेका छन् । बुटवलको सुप्रिम सहकारीको बचतकर्ताको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले आइतबार १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि बैंक ग्यारेन्टी मार्फत धरौटी रकम बुझाएर बाहिरिँदै लामिछानेले अदालतप्रति आभार व्यक्त गरेका हुन् । उनले अहिले आफूलाई भन्नुपर्ने केही नभएको उल्लेख गर्दै बेला आएपछि सबै कुरा भन्ने प्रतिक्रिया दिए । ‘मेरो अहिलेलाई भन्नुपर्ने केही छैन । भन्नुपर्ने बेला आउँदा भन्छु, अहिलेलाई न्यायालयप्रति आभार व्यक्त गर्दछु’, उनले भने, ‘जति पनि देश–विदेशबाट मेरो न्यायको लागि आवाज उठाउने सम्पूर्णलाई धेरै–धेरै धन्यवाद !’ जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

Advertisement

More News last news
Loading...