काठमाण्डाै । युगान्डालाई हराउँदै नेपाली महिला टोली खो–खो विश्वकपको फाइनलमा पुगेको छ। भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा आज भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ ले हरायो।
हिजो भएको क्वाटरफाइनल खेलमा इरानलाई हराउँदै नेपाली टोली सेमिफाइनलमा पुगेको थियो । यस्तै समूह चरणमा पनि नेपाल अपराजित हुँदै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको थियो । नेपाली महिला टोलीले समूह चरणमा पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।
यस्तै खो–खो विश्वकपको पुरुषतर्फ सेमिफाइनलमा पुरुष टोलीले अहिले केहीबेरमा इरानसँग खेल्दैछ । हिजो भएका खेलमा पुरुष टोलीले बङ्गलादेशलाई ६७–१८ ले हराएर अन्तिम चारमा पुगेको थियो । प्रतियोगिताअन्तर्गत महिला र पुरुष दुवैतर्फका फाइनल खेल भोलि हुनेछन् ।
पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा
इरानलाई हराउँदै नेपाली पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा पुगेको छ । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा आज भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई ७२–२० ले हरायो । अब नेपालले आजै हुने भारत र दक्षिण अफिकाबीचको विजेतासँग फाइनल खेल्नेछ ।
प्रतियोगिताअन्तर्गत महिला र पुरुष दुवैतर्फका फाइनल खेल भोलि हुनेछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
