लायन्स क्लब अफ भीरकोटद्वारा शैक्षिक सामाग्री र न्यानो कपडा वितरण

 

स्याङ्जा । लायन्स क्लब अफ भीरकोटले भीरकोट नगरपालिकामा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको छ ।

क्लबले वडा न ३ को कालिका आधारभूत विद्यालयमा अध्ययनरत १५ जना र वडा न.५ को गडीभञ्जाङ आधारभूत विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको हो ।

Advertisement

विद्यार्थीसँग लायन्सकार्यक्रम अन्तर्गत २५ जना विद्यार्थीहरूलाई हाइनेक, जुत्ता, मोजा, झोला, कापी र सिसाकलम वितरण गरिएको लायन्स क्लब अफ भीरकोटका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारीले जानकारी दिए ।

सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको क्लबका अध्यक्ष ढाकाराम खनालले जानकारी दिए ।

More News last news
Loading...