काठमाडौं । नेपाली काँग्रेसका नेता एवं व्यवसायी शेषकान्त पुरीले स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ८ मा रहेको राधाकृष्ण मन्दिर तथा वृद्धाआश्रमलाई एक लाख एक हजार नगद सहयोग गरेका छन् ।
चापाकोट नगरपालिका ८ खोरियाघाटमा सञ्चालन भइरहेको श्रीमद्धागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा शनिबार सहभागी भई उनले उक्त रकम व्यक्तिगत रुपमा सहयोग गरेका हुन् ।
उनी व्यवसाय र राजनीतिसँगै सामाजिक गतिविधिमा समेत सक्रिय रहेका छन् । पुरी यसअघि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ मा स्याङ्जा क्षेत्र नं २ (ख) को प्रदेश सभा सदस्यतर्फको आकांक्षी समेत रहेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
