आरबी कम्प्लेक्सको रजत जयन्ती सम्पन्न, नयाँ कार्यसमिति चयन, अध्यक्षमा दाहालकै निरन्तरता

 

काठमाडौं । आरबी कम्प्लेक्सले आफ्नो २५ औं वार्षिकोत्सव (रजत जयन्ती) सम्पन्न गरेको छ । विभिन्न अतिथिहरुसँगै उद्योगी व्यवसायीहरुको सहभागितामा दक्षिणकालीस्थित चम्पादेवी रिसोर्टमा कम्पनीको रजत जयन्तीको अवसरमा कार्यक्रम सम्पन्न गरिएको होl

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष सन्तोष पाण्डे, खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष सागर शाक्यलगायतको उपस्थिति थियो ।

Advertisement

आरबी कम्प्लेक्सका अध्यक्ष परसुराम दाहालले व्यवसायीहरूले भोगिरहेको विभिन्न समस्याको उल्लेख गर्दै घरबहाल कर दुईतिर तिर्नुपर्ने बाध्यता, व्यवसाय नविकरण गर्दा हुने झन्झटिलो प्रक्रिया, चालु पुँजी कर्जा पाउन कठिनाईजस्ता समस्याहरूबारे चर्चा गरे । उनले वाणिज्य विभागले गरिरहेको अनुगमन र करको झन्झटले व्यवसायीहरूलाई थप दबाब दिएको भन्दै समाधानका लागि आवाज उठाए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायीहरूले भोगिरहेका समस्याबारे सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाए । उनले व्यवसाय नविकरणमा देखिएका कठिनाईहरूको समाधानका लागि विभिन्न उपाय खोजिने बताए ।

कार्यक्रममा आरबी कम्प्लेक्सको नयाँ कार्यसमिति पनि चयन गरिएको छ । अध्यक्ष परसुराम दाहालले आफ्नो पदमा निरन्तरता पाएका छन् भने उपाध्यक्षहरूमा अनिल शाक्य, रमेश कुमार सुवेदी, र सन्दीप कुमार अग्रवाल चयन भएका छन् । महासचिवमा सन्तोष दाहाल, सचिवमा नरेन्द्र कँडेल, कोषाध्यक्षमा धर्मदेव प्रसाद गुप्ता, र सहकोषाध्यक्षमा कलनाथ उपाध्याय चयन भएका छन् ।

सदस्यहरूमा राजकुमार रौनियार, शैलेन्द्र श्रेष्ठ, प्रेम कुमार पुलामी, रामप्रसाद पौडेल, सुरेन्द्र कुमार गुप्ता, विक्रम खड्का, र सुरेन्द्र बुढाथोकी चयन भएका छन् ।

२५ वर्ष अघि निर्माण गरिएको आरबी कम्प्लेक्सको यो अधिवेशनले व्यवसायीहरूको समस्याको समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

More News last news
Loading...