अर्जुनचौपारी गाउँपालिकाको खुल्ला वक्तृत्वकलामा अर्याल प्रथम

 

काठमाडौं l लैङ्गिक हिंसा निवारणमा नागरिकको भुमिका¨ शिर्षकमा भएको खुल्ला वक्तृत्वकलामा दिपीका अर्याल प्रथम भएकी छिन् ।

अर्जुनचौपारी गाउँपालिकाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा १२ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै अर्याल प्रथम भएकी हुन् । यस्तै सुलता थापा मगर द्धितीय र प्रविन विकले तृतीय स्थान हात पारे भने नन्दकली तिवारीले सान्तवना स्थान प्राप्त गरे ।

Advertisement

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले अर्जुनचौपारीमा पनि विभीन्न प्रकारका हिंसा हुने गरेको बताउदै विस्तारै निस्तेज गरेको र बांकी भित्र लुकेर रहेका हिंसा निस्तेज गर्ने बताए ।

कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे, पालिका प्रवक्ता धन बहादुर गुरुङ, कार्यपालिका सदस्य ज्योती केशी ढकाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

More News last news
Loading...