रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।

वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष रहेका पूर्वडीआईजी छविलाल जाेशीलगायत १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ।

Advertisement

लामिछाने प्रबन्ध निर्देशक रहेका बेला सानो पाइला सहाकारीबाट झन्डै आठ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले उल्लेख गरेको थियो।

पोखराको सूर्यदर्शन सहकारीमा बचत कर्ताको रकम अपचलन गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध त्यसपछि रुपन्देही, काठमाण्डौ र चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । कास्की, रुपन्देही र काठमाण्डौमा बयान सकेर प्रहरीले लामिछानेलाई चितवन पुर्‍याएको छ । चितवनमा आज दोस्रो दिन पनि बयान लिएको छ ।

More News last news
Loading...